FAQs Complain Problems

समाचार

नगर प्रमुख अशोक कुमार ब्यान्जु श्रेष्ठ ज्यूको सभा अध्यक्षता,जिल्ला समन्वय प्रमुख दिपक गौतम ज्यूको बिशेष अतिथ्यता तथा विभिन्न वडाका सप्त कन्याहरुको प्रमुख आतिथ्यतामा धुलिखेल नगरपालिकाको ३८ औं स्थापना दिवस कार्यक्रम धुलिखेल सभाहलमा भव्यताका साथ सम्पन्न !!

नगर प्रमुख श्री अशोक कुमार ब्यान्जु श्रेष्ठ ज्यूको सभा अध्यक्षता,जिल्ला समन्वय प्रमुख दिपक गौतम ज्यूको बिशेष अतिथ्यता तथा विभिन्न वडाका सप्त कन्याहरु दिबिसा श्रेष्ठ,खुशी परियार,रोजिना तामाङ्ग,शिरिषा तामाङ्ग,प्रसंशा बि.क,अनुधा थापामगर र ऋषिमा थापा मगरको प्रमुख आतिथ्यतामा धुलिखेल नगरपालिकाको ३८ औं स्थापना दिवस कार्यक्रम धुलिखेल सभाहलमा भव्यताका साथ सम्पन्न !!

संस्कृतिक झाकी सहितको र्यालीद्वारा नगर परिक्रमाका क्रममा नगर प्रमुखज्यूद्वारा नगरपालिकाद्वारा हजार सिढीमा निर्माण गरेको श्वेत भैरबको मुर्ति अनावरण एबं सो पश्चात नगर सभाहलमा विभिन्न धर्मगुरुहरु र अतिथि ज्यूहरु द्वारा शान्तिको प्रतिक परेवा उडाएर मूल समारोह शुभारम्भ भएको थियो सो क्रममा नगरपालिका द्वारा प्रकाशित ३ वटा पुस्तकहरु "परिषद :नयाँ प्रयास,अभ्यास र अनुभब",तथ्यांकमा धुलिखेल र "असल स्वास्थ्य नै सम्वृद्धिको आधार" बिमोचन गरिनुका साथै समाजसेवी तथा विभिन्न क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तित्वहरु,संघ संस्थाहरुलाई मानपदवी तथा प्रशंसा पत्रद्वारा सम्मान !! कार्यक्रमका विच मेयर कप २०८० बिजेता काभ्रेली ब्वईज एफ सी तथा उप बिजेता बनेपा ११ बनेपा लाई ट्रफी तथा नगद पुरस्कार वितरण तथा नगरपालिका क्षेत्र भित्रका बाबुआमा विहिन बालबालिकाहरुलाई नगद सहयोग र सम्मान गरिनुका साथै अतिथि ज्यूहरुलाई नगर प्रमुख एबं उप-प्रमुख ज्यूद्वारा मायाको चिनो प्रदान गर्दै कार्यक्रम समापन !!