FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

भुकम्प पिडितहरुलाई परिचय पत्र वितरण कार्यक्रम सम्बन्धी सुचना

यहि मिति २०७२ साल बैशाख १२ गते गएको महाभूकम्प र त्यसपछिका भूकम्पका कारण क्षतिग्रस्त भएका घर संरचना हरुको अस्थायी आवास निर्माण गर्नका लागि जिल्ला दैविक प्रकोप उद्धार समिति काभ्रेपलाञ्चोकबाट आवास निर्माणका लागि प्राप्त हुने राहत रकम प्राप्त गर्न प्राविधिक टोलीले तयार गरेको विवरणमा वडा नं. ६ मा पूर्णरुपमा क्षतिग्रस्त भएको घरमुलीको नामावली बमोजिम निम्न बमोजिमको मिति, समय र स्थानमा तोकिएका टोलहरुको वितरण हुनेछ । सो रकम प्राप्त गर्नका लागि भूकम्प पीडित परिवार परिचय पत्र जारी गरिनेछ । परिचय पत्र लिन आउँदा २ (दुई) प्रति पासपोर्ट साईजको रंगीन फोटो र नागरिकताको प्रतिलिपि, जग्गाधनी लालपूर्जाको प्रतिलिपी, अंशवण्डाको प्रतिलिपि अनिवार्य रुपमा पेश गरी तोकिएको मिति समय र स्थानमा उपस्थित हुनका लागि यो सूचना जारी गरिएको छ ।