FAQs Complain Problems

समाचार

संक्षिप्त परिचय

राजधानी देखि  ३०  किमी  पुर्वमा रहेको यस धुलिखेल नगरपाको प्राय अधिकांश भाग   पहाडी  भूभागले ढाकेको छ र मिश्रित जनजातिले बसोबास गरेको यस नगरमा नेवार समूदायको  बाहुल्यता भएको पाईन्छ। पहाडी भूभागले  ओगटेता पनि यहाँ प्राय सबैजसो वडामा खानेपानी , बिजुली र सडकको सुविधा उपलब्ध छ । काठमाडौँ उपत्यकाको बढ्दो वायु प्रदुषणका कारण यस नगरपालिका क्षेत्र भित्र कहि वर्ष यतादेखि बसोबासको चाप   बढ्न गएको पाईन्छ।   धुलिखेल नगरपालिका सुरुदेखि नै  पर्यटकीय नगरिको रुपमा विकास हुँदै आईरहेको छ । नगरले बिगत ५ बर्षमा ५३ वटा पार्क निर्माण गरि पर्यटन लाई थप टेवा पुर्याएको छ | यस नगरपालिकाको वार्ड नं. ६  को मैनेभीरको डाॉडामा अत्याधुनिक साधन   सम्पन्न धुलिखेल सामुदामयिक अस्पताल संचालनमा रहेको छ । यसले हजारौ स्वदेशी तथा विदेशीहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ  । त्यस्तै यसै नगरपालिकाको वार्ड नं. ४ भ्याण्डोलमा अन्तराष्ट्रिय स्तरको  काठमाण्डौ   विश्वविधालय संचालनमा रहेको  छ।

नेपालकै नमूनाको रुपमा   सञ्चालित खानेपानी कार्यक्रम तथा ढल प्रशोधन केन्द्रबाट नमूनाको रुपमा बायोग्याॉस उत्पादन समेत भएको छ । यस नगरपालिका भित्रमा खानेपानी , विधुत तथा अन्य विविध सुविधाहरु  रहेको हुनाले विभन्न होटलहरु समेत संचालनमा रहेका छन । नगरको मध्यभाग भएर जाने २ वटा ठुला राजमार्ग (बिपी राजमार्ग र अरनिको राजमार्ग)  का कारण यस नगर ब्यापारको केन्द्र विन्दु समेत बनेको छ ।

नगरपालिकासंग सम्बन्धित तथ्यांकहरु:

क्षेत्रफल: ५५ वर्ग कि.मि.

जम्मा वडा :१२ वटा

जनसंख्या: महिला(१७२६४) , पुरुष(१६४६२)

परिवार संख्या: ८५७०

औषत परिवार संख्या:३.९४

साक्षरता:जम्मा साक्षरता: ९८.०७%

वडा नं. 

हाल कायम भएको वडा (ठेगाना )

साविकका गा.बि.स/ न.पा
1 देविटार 

देविटार १,३,६,९

2 रविगाउँ रवि ओपी
3 धुलिखेल

धुलिखेल ६

4 बखुन्डोल  धुलिखेल ७
5 श्रीखण्डपुर धुलिखेल ८,९
6 भगवतीस्थान धुलिखेल ४,५
7 नारायण स्थान इटोल

धुलिखेल २,३

8 भट्टेडाँडा   धुलिखेल १,११
9 काभ्रेभञ्ज्याङ   धुलिखेल १०,११,१२
10 शारदा बतासे                                         

शारदा बतासे १,२,५,६,८

11 पात्लेखेत

पात्लेखेत १,२,३,४,५,६,७,८,९

12 शंखुपटिचौर  शंखुपटिचौर  १,३,५,९  

धुलिखेल नगरपालिकाको ऐतिहासिक पृष्ठभूमि, नामाकरण,  पर्यटकीय महत्व तथा अन्य  केहि जानकारीहरु धुलिखेल नगरपालिका